Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ।

स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको कार्यक्रम स्थगित गरेको हो।

स्ववियु निर्वाचनको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको छ। उक्त मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा आजका लागी पेशी तोकिएको थियो।

अदालतले सात गतेका लागि पेसी तोकेको थियो । उक्त पेसीबारे त्रिविलाई जानकारी दिनु भनी आदेश समेत दिएको थियो ।

आज अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले अन्तरिम आदेशका लागि १० गते तोकिएको छ ।

अन्तरिम आदेशको छलफलको टुङ्गो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077