मकवानपुर । मकवानपुरमा भारतीय ग्यास बुलेट र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
बिहीबार बिहान सवा ७ बजे मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ स्थित पूर्वपश्चिम सडक खण्डमा ट्रक र ग्यास बुलेट ठोक्किएर दुर्घटना भएको हो ।
वीरगन्जबाट धार्के आउँदै गरेको एनएल ०१ एए ५००७ नम्बरको भारतीय ग्यास बुलेट र विपरीत दिशातर्फ जाँदै गरेको ग १ ख ९४८१ नम्बरको ट्रक ठोक्किँदा ग्यास बुलेट सडक किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन । ग्यास बुलेट सडक किनारमा पल्टिएको छ ।