काठमाडौं । भारतको केआईआईटीमा ‘शंकास्पद मृत्यु’ भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ । बुधबार शव गृहजिल्ला रुपन्देही ल्याएर रुपन्देहीको सिद्धार्थननगरस्थित स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिएको हो ।
आइतबार विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी उनको मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको थियो ।
बुधबार विमानमार्फत ओडिसाको भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म उनको शव ल्याइएको हो। प्रहरीका अनुसार त्यसपछि सडक मार्गबाट एम्बुलेन्समा बेलहिया नाका हुँदै उनको शव भैरहवा ल्याइएको थियो ।
उनको अन्त्येष्टिमा केआईआईटीमा अध्ययनरत उनका सहपाठी आफन्तजन र सर्वसाधारणहरूको ठूलो उपस्थिति रहेको थियो । भारतमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
Leave a Reply