Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सुदूरपश्चिममा एक हजार मानव अधिकार उल्लंघनका घटना

सुदूरपश्चिममा एक हजार मानव अधिकार उल्लंघनका घटना

बिहिवार , फाल्गुण ८, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले बुधबार आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था’ विषयक पत्रकार भेटघाट कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

सन् २०२४ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेशभरि एक हजार ९९ जना पीडित भएका इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले जानकारी दिए ।

उनका अनुसार सन् २०२४ मा प्रदेशमा मानव अधिकार उल्लङ्घनका ११ घटनामा एक महिला र १० पुरुष गरी ११ जना तथा ज्यादतीका एक हजार ७० घटनामा एक हजार ९४ महिला र ३४ जना पुरुष गरी एक हजार ८८ जना पीडित भएका छन्।

राज्य पक्षबाट कुटपिटका घटनामा दुई, गिरफ्तारीका घटनामा छ, जेलमा मृत्यु भएका घटनामा एक, हिरासतमा मृत्यु एक र अमानवीय व्यवहार घटनामा एक गरी ११ जना पीडित भएको त्यस अवसरमा जानकारी दिइयो।

यस्तै, गैह्र राज्य पक्षबाट कुटपिट तथा धारिलो हतियार प्रहारबाट हत्या घटनामा नौ, घाइते ११, बाल अधिकारका घटनामा १०५, जातीय विभेदका तीन, महिला अधिकारका घटनामा ९४७, अमानवीय व्यवहारका दुई, कुटपिटका आठ र धम्कीका घटनामा तीनजना पीडित भएका प्रदेश संयोजक जोशीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077