Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • प्रकृति लम्सालको शव एम्बुलेन्समार्फत नेपाल ल्याइयो

    प्रकृति लम्सालको शव एम्बुलेन्समार्फत नेपाल ल्याइयो

    अनलाइन नेपाल
  • बुधबार, ७ फाल्गुन २०८१
  • 495
    SHARES

    काठमाडौं । ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा मृत अवस्थामा फेला परेकी भैरहवाकी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ ।

    भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय उनको शव बुधबार साँझ लु १ च ९८३६ नम्बरको एम्बुलेन्समार्फत नेपाल ल्याइएको हो ।



    आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

    उनको मृत्युबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर छानविन थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार