Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

केआईआईटीमा अध्ययनरत १२६ विद्यार्थी फर्किए

केआईआईटीमा अध्ययनरत १२६ विद्यार्थी फर्किए

बुधवार , फाल्गुण ७, २०८१

वीरगन्ज । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययरत १२६ विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् ।

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थी असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज १०३ छात्र र २३ छात्रा फर्किएको जानकारी दिए ।

निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआईटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077