Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

रोल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बुधवार , फाल्गुण ७, २०८१

रोल्पा। रोल्पाको माडीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका-५ का ३६ वर्षीय जिते कुमार रहेका छन्।

उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार माडी गाउँपालिकामा-४ टुपबोटबाट बालुवा लिएर घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तीगाउँस्थित सहिदमार्ग सडक खण्डबाट करिब १०० मिटर तल खसेको थियो।

सडकदेखि करिब ७० मिटर तल चालक जिते मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077