Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

चन्दा उठाएको आरोपमा नयाँ बानेश्वरबाट एक जना पक्राउ

चन्दा उठाएको आरोपमा नयाँ बानेश्वरबाट एक जना पक्राउ

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । प्रहरीले चन्दा उठाएको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले मंगलबार अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको हो।

नेपाल कम्युनिस्ट पार्टी (विद्रोही)को कार्यकर्ता हुँ भनी विभिन्न ठाउँबाट चन्दा उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी अभिलेख अनुसार राई यसअघि प्रहरी वृत्त नयाँ बानेश्वरलगायत विभिन्न प्रहरी कार्यालयबाट हात हतियार खरखजना, बैंकिङ कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर र डाँका चोरीसम्बन्धी कसुर मुद्दा दर्ता भई अनुसन्धान भएको देखिएको छ।

उनको साथबाट नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) लेखेको पर्चा पम्प्लेटहरु, सोही पार्टीको लेटरप्याडमा आर्थिक भौतिक/नैतिक सहयोग गर्नेबारे भन्ने व्यहोराको पत्रहरु, स्पष्टीकरण सोधिएको भन्ने व्यहोराको पत्र बरामद भएको छ।

यसका साथै खाली लेटरप्याडहरु, न्याय पाउ भन्ने व्यहोराको कविता नेपाली र प्रविण नेपालीको नामको निवेदनहरू, प्रेस विज्ञप्ति, स्टाम्प (छाप), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (बिद्रोही) लेखको सहयोग रसिद (ठेली) दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077