Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी

प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । भारतको (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज नेपाल  ल्याउने तयारी गरिएको छ ।

शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न पक्षसँग समन्वय भइरहेको हो । आज साँझसम्म शव ल्याइपुर्‍याउने उनका आफन्तले जनाएका छन् ।

प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । यस घटनामा विभिन्न समिति गठन गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077