Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विद्यार्थीको समस्या समाधान नगरिए ओडीसा राज्यमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

विद्यार्थीको समस्या समाधान नगरिए ओडीसा राज्यमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । सरकारले ओडीसा राज्य सरकारलाई नेपाली विद्यार्थीहरूको समस्या समाधान गर्न आग्रह गरेको छ ।

कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा विकसित घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले न्यायपूर्ण ढंगले समस्या समाधान गर्न आग्रह गरेको हो ।

नेपाली विद्यार्थीहरूको समस्या समाधान नगरे ओडीसा राज्यका विश्वविद्यालयमा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गर्ने मन्त्रालयले चेतावनी दिएको हो ।

'केआइआइटी घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिकरूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालयरशिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने,' विज्ञप्तिमा भनिएको छ।

विद्यार्थीहरूले निर्वाधरूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कूटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयले निरन्तर पहल गरिरहेको सहसचिव शिवकुमार सापकोटाले बताए ।

मन्त्रालयले विद्यार्थीहरु निर्धक्क भएर अध्ययन र बस्न पाउने अवस्थाको ग्यारेन्टी गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077