काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले संसद् छल्न खोजेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाका बैठकमा बोल्दै संसद् बस्नेतले सो कुरा बताएका हुन् ।
उनले अध्यादेश, संसद्मा प्रश्नोत्तर र संसद्का निर्णयलाई लत्याउने विषय अनुचित भएको बताए।
संसद् बस्नेतले भने, 'अध्यादेश, संसद्मा प्रश्नोत्तर, संसद्का निर्णयलाई लत्याउने विषय हेर्दा संसद्भन्दा बाहिरबाट गएर सरकार चल्न खोज्दैछ भन्ने देखिन्छ । यसको मूल्यांकन नगरी समस्या समाधान हुँदैन। भइरहेका गल्तीलाई ढाकछोप गर्न अरु गल्ती नगरौं।’
सरकारले सुशासन र विकृतिका विषय आउने बित्तिकै छानबिनमा सौदाबाजी गर्न खोजेको बताए।