Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तोलामा २३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा २३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीनसय रुपैयाँ बढेको हो।

सुनको मूल्य आज तोलाको एक लाख ६९ हजार आठसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार पाँचसय रुपैयाँ थियो।

गएको मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ।

आज चाँदी प्रतितोला एक हजार नौसय ६५ रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ३० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077