Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनआईसी एशिया बैंकद्वारा दुईवटा विद्यालयल र हाम्रो साझा घरलाई सहयोग सामग्री प्रदान

एनआईसी एशिया बैंकद्वारा दुईवटा विद्यालयल र हाम्रो साझा घरलाई सहयोग सामग्री प्रदान

आइतवार , जेठ २४, २०८३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ । 

बैंकले विभिन्न तीन संस्थालाई सहयोग सामाग्रीहरु प्रदान गरेको हो । 

बैंकले झापा जिल्लाको विर्तामोडमा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घरमा फर्निचर प्रदान गरेको छ भने बारा जिल्लाको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । 

त्यसैगरी, एनआईसी एशिया बैंकले झापा जिल्लाको मेचिनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग प्रदान गरेको छ । 

जेठ २१ गते एक कार्यक्रमका बीच केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेनराज सुब्बाले हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेडहरु हस्तान्तरण गरेका हुन् । 

उक्त संस्थाले हाल ४४ भन्दा धेरै असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरुलाई खानबस्ने व्यवस्था सहित सहारा प्रदान गर्दै आइरहेको छ  ।

त्यसैगरी, जेठ २२ गते सम्पन्न अर्को एक कार्यक्रमका बीच वीरगञ्जका सर्कल हेड गोपालप्रसाद सुवेदीले श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप तथा प्रोजेक्टर प्रदान गरेको हुन् । 

साथै, सोही दिन सम्पन्न अर्को एक कार्यक्रममा केन्द्रीय संचालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेनराज सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरेका हुन् । 

बैंकद्वारा जारी विज्ञप्ति अनुसार श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा धेरै विद्यार्थीहरु र अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । 

विज्ञप्तिमा भनिएको छ–‘असहाय, अशक्त तथा पाका उमेरका व्यक्तिहरुलाई सहारा प्रदान गरिरहेको साझा घरलाई उपलब्ध गराइएको सहयोगबाट उक्त संस्थामा आश्रित व्यक्तिहरुको दैनिक जीवन अझ सहझ तथा स्वस्थकर हुनुको साथै सरकारी÷सामुदायिक विद्यालयहरुलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीबाट डिजिटल सिकाई अभ्यासलाई सुदृढ बनाउने, विद्यालयमा विद्यार्थी सहभागिता बढाउने तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077