Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सामान्य अंकले नेप्से बढ्दा ७ अर्ब २४ करोडको कारोबार

सामान्य अंकले नेप्से बढ्दा ७ अर्ब २४ करोडको कारोबार

मंगलवार , माघ २९, २०८१

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार र दोस्रो दिन सोमबार लगातार घटेको नेप्से आज एकल अंकले बढेको हो।

आइतबार र सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको थियो। नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ।

यसदिन २९९ स्क्रिप्सको १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँमा खरिदबिक्री भएको छ। नेप्से परिसूचक सामान्य अंकले बढे पनि चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

सिकलेस हाइड्रोपावर ,भगवती हाइड्रोपावर डेभलपमेन्ट,रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढ्यो। यसदिन भूगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताले भने सर्वाधिक गुमाए।

सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। ५ वटा समूहको उपसूचक बढ्दा ८ वटाको उपसूचक नकारात्मक देखिएका छन्। आज डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक २.३७ प्रतिशतले बढ्यो।

कारोबारमा आएका १३४ स्टक्सको मूल्य बढ्दा ९८ वटाको घट्यो। ११ स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077