काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् ।
आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने–हामीले पुराना शक्तिले भएन, कांग्रेसले गरेन, यसले गरेन भनिरहेका छौं । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन् ।’
सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको उनले जिकिर गरे ।
भराईले थप भने–‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौं भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौं । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन् ।’
Leave a Reply