Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

शनिवार , माघ २६, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा केही गिरावट आएको छ।

आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ५७ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७० पैसा र बिक्रीदर ८८ रूपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ १८ पैसा र बिक्रीदर ९ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा र बिक्रीदर १९ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रूपैयाँ १५ पैसा र बिक्रीदर ४ रूपैयाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३८ रूपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४४ पैसा र बिक्री दर ३१ रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९ रूपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८३ पैसा र बिक्रीदर १२ रूपैयाँ ८८ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपैयाँ ५१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १८ रूपैयाँ ०० पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ २७ पैसा र बिक्रीदर ४५४ रूपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ २७ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ८६ पैसा, र ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३६४ रूपैयाँ १२ पैसा निर्धारण गरेको छ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077