Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो ।

तीन दिनमा पाँच हजार सात सय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन आज तोलाको एक लाख ६८ हजार एकसय रुपैयाँमा किनबेच भइरहेको छ।  हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो।

सुनको मूल्य गएको मंगलबार तोलामा १९ सय, बुधबार २२ सय र बिहीबार १६ सय रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य भने आज प्रतितोला पाँच रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ८५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077