Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    अनलाइन नेपाल
  • शुक्रबार, २५ माघ २०८१
  • 246
    SHARES

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो ।



    तीन दिनमा पाँच हजार सात सय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सुन आज तोलाको एक लाख ६८ हजार एकसय रुपैयाँमा किनबेच भइरहेको छ।  हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो।

    सुनको मूल्य गएको मंगलबार तोलामा १९ सय, बुधबार २२ सय र बिहीबार १६ सय रुपैयाँ बढेको थियो।

    चाँदीको मूल्य भने आज प्रतितोला पाँच रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ८५ रुपैयाँमा किनबेच भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार