Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

आइतवार , माघ ६, २०८१

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ आज बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक कुमारी क्यापिटको कार्यालयमा गोलाप्रथामार्फत आइपिओ बाँडफाँट भएको हो । १ लाख ८४ हजार ५०० जना आवेदकले सेयर पाएका छन्।

उक्त आइपिओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमा ८ हजार ४५२ जनाकोआवेदन रद्द भएको छ।

बाँकी १ लाख ८४ हजार ५०० जनाले सेयर पाएका बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ। कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म आइपिओ बिक्री गरेको थियो।

कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077