Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ऊर्जामन्त्रीलाई ३ करोड भाडा नतिराउन चलखेल, स्काउटमा प्रमुख आयुक्तको गुण्डागर्दी

ऊर्जामन्त्रीलाई ३ करोड भाडा नतिराउन चलखेल, स्काउटमा प्रमुख आयुक्तको गुण्डागर्दी

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाल स्काउटका प्रमुख महेन्द्रराज रंजितको गैरकानुनी कदमका कारण उत्पन्न भाँडभैलो चरमोत्कर्षमा पुगेको छ । गत पुस २६ गते शुक्रबार गैरकानुनी रुपमा कर्मचारी नियुक्ति गरी तिनै कर्मचारीलाई निमित्त कार्यालय प्रमुखको जिम्मा दिएपछि स्काउटमा तनाव उत्पन्न भएको थियो ।

उक्त गैरकानुनी कार्यलाई सच्याउन माग गर्दै दिनहुँ कार्यालय परिसरमा स्काउट सदस्यहरुले दबाब सिर्जना गरिरहेका छन् ।

गैरकानुनी काममा संलग्न भएका प्रमुख आयुक्त रंजित भने शुक्रबारदेखि नै सम्पर्कबिहीन छन् । अबैध रुपमा नियुक्ति गरिएका अजित लामा भने दिनहुँ दलबलसहित कार्यालयमा गएर कर्मचारीहरुलाई धम्क्याउने काम गरिरहेका छन् ।

उनी आफू सहायक निर्देशकको रुपमा नियुक्ति भई निमित्त कार्यालय प्रमुखको रुपमा जिम्मा पाएको बताए पनि लामाको पत्र भने प्रशासन, दर्ता, लेखा कतै पनि अभिलेखमा छैन ।

प्रमुख आयुक्तको प्रतिगमनकारी कार्य सच्याई गैरकानुनी रुपमा कार्यालय प्रमुखलाई गरिएको निलम्बनबिरुद्ध देशभर स्काउटका सदस्यहरु जम्मा भएर आन्दोलन गर्ने तयारी गरिरहेका छन् । उनीहरुले गैरकानुनी कार्यमा संलग्न प्रमुख आयुक्तको राजीनामा समेत माग्ने तहसम्म पुग्ने भएका छन् ।

एक सातादेखि उक्त प्रकरणका कारण कार्यालयका कामकाज ठप्प छन् । कर्मचारीहरु तनावको अवस्थामा छन् । यस्तो अवस्थामा कार्यालयमा काम गर्र्ने वातावरण नभएको कर्मचारीहरुले बताउँदैआएका छन् ।

स्काउट परिसरमा दुई पक्षको उपस्थितिका कारण दिनहुँ ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको छ । युवा तथा खेलकुद मन्त्रालयले उक्त प्रकरण सुल्झाउनका लागि पटक पकट प्रमुख आयुक्तलाई बोलाए पनि उनी सम्पर्कमा आउनै नचाहेको, लोकबहादुर भण्डारीको जेभियर लुकेर षडयन्त्रमा तल्लीन भएको आरोप छ ।

युवा तथा खेलकुद मन्त्री तथा प्रमुख स्काउट तेजुलाल चौधरीले प्रमुख आयुक्त रंजितलाई तत्काल राष्ट्रिय कार्यकारी समितिको बैठक बोलाएर समस्या समाधान गर्न लिखित रुपमा निर्देशन दिए पनि उक्त निर्देशनलाई उनले लत्याइदिएका छन् ।

मौखिक र लिखित रुपमा निर्देशन दिंदा समेत समस्या समाधानका लागि अग्रसर नदेखिएका रंजितका कारण स्काउटमा तनाव बढिरहेको छ । राष्ट्रिय कार्यकारी समितिका केही सदस्यहरुको उक्साहट, जेभियर कलेजका भण्डारी र ऊर्जामन्त्री दीपक खड्काले गैरकानुनी कार्य गर्न मनोबल बढाइदिएका कारण रंजित झन् उदण्ड बन्दै गएका छन् ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले कांग्रेस नेता डा. शेखर कोइरालाको सिफारिसमा रंजितलाई प्रमुख आयुक्तमा नियुक्ति गरेका थिए ।

तर उनै रंजित अहिले विवादास्पद ऊर्जा मन्त्री दीपक खड्काको ३ करोड भाडा मिनाहा गराउन स्काउटका पूर्व तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीसँग साँठगाँठ गरिरहेका छन् ।

दीपक खड्कालाई स्काउटको भाडा तिराउन अनेक हतकन्डा देखाएका भण्डारी अहिले भाडा छुट गराउन रंजितलाई प्रयोग गरिरहेका छन् । अवैधानिक रुपमा नियुक्ति गरिएका अजित लामा लोकबहादुर भण्डारीकै जेभियर कलेजका डीआईका रुपमा काम गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077