Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सरकारले गर्‍यो सचिवहरूको सरुवा, को–कहाँ ? [सूचीसहित]

सरकारले गर्‍यो सचिवहरूको सरुवा, को–कहाँ ? [सूचीसहित]

आइतवार , पौष २८, २०८१

काठमाडौं । सरकारले केही सचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार एकैपटक १५ जना सचिवहरुको सरुवा गरिएको हो ।

विनोद सिंहलाई पर्यटन मन्त्रालय, कृष्णहरि पुस्करलाई श्रम रोजगार तथा सामाजिक मन्त्रालय, लक्ष्मी बस्नेतलाई महिला तथा बालबालिका मन्त्रालय, रविलाल पन्थलाई संघीय मामिला मन्त्रालय र भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ।

त्यसैगरी गणेश पाण्डेलाई महालेखा नियन्त्रण कार्यालय, दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालय, हरि लम्साललाई युवा तथा खेलकुद मन्त्रालय र सुमन लाल अर्याल र चूडामणि शर्मा पौडेललाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।

त्यस्तै मुकुन्दप्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, महादेश पन्थलाई बागमती प्रदेश सचिव, मदन भुजेललाई कामु मधेश प्रदेश र बाबुराम अधिकारीलाई कामु लुम्बिनी प्रदेश सचिवमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077