Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

रावल आयोग प्रतिवेदन कार्यान्वयन गर्न ८ सदस्यीय सहजीकरण समिति गठन

रावल आयोग प्रतिवेदन कार्यान्वयन गर्न ८ सदस्यीय सहजीकरण समिति गठन

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) २०५२’ को प्रतिवेदन कार्यान्वयन अघि बढाउन सहजीकरण समिति गठन गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो ।

मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजान निर्देशन दिएलगत्तै मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिलाई सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसँग सम्बन्धित पुराना प्रतिवेदन कार्यान्वयनमा ल्याउने जिम्मेवारी दिइएको छ।

समितिमा गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुख, भूमि व्यवस्था मन्त्रालयको स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत तथा नापी विभागका नापी अधिकृत सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार लामो समयदेखि कार्यान्वयनमा आउन नसकेको प्रतिवेदन अब व्यवहारमा लागू गर्ने प्रक्रिया अघि बढाइएको हो।

उनले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण रोक्न सरोकारवाला निकायसँग समन्वय गरी छिटो नतिजामुखी काम गरिने बताएकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077