Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

चार वर्षका लागि नियुक्त गरिएको हो, सरकारले मलाई हटाउन मिल्दैन : कुलमान

चार वर्षका लागि नियुक्त गरिएको हो, सरकारले मलाई हटाउन मिल्दैन : कुलमान

आइतवार , पौष २८, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले हटाउन नमिल्न दाबी गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आफ्नो स्पष्टीकरण बुझाउँदै चार वर्षका लागि नियुक्त भएकाले हटाउन नमिल्न दाबी गरेका हुन् ।

निर्देशक घिसिङले संस्थागत हित र उल्लेख्य कार्यप्रगति भइरहेको बताउँदै चार वर्षे कार्यावधिका लागि नियुक्ति भएकाले कारबाही वा निर्णय गर्ने अधिकार मन्त्रालयसँग नरहेको बताए ।

मन्त्रालयले गत हप्ता सोमबार सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ आइतबार नै मन्त्रालय पठाएका हुन् । उनले जवाफमा कार्यसम्पादन सम्झौताअनुसार नै आफूले काम गरेको जिकिर गरेका छन् ।

जवाफमा उनले भनेका छन्, 'कार्यसम्पादन विवरणमा तोकिएको लक्ष्य अनुसार ९८.९९ प्रतिशत अंक प्राप्त हुने गरी नतिजा तथा कार्यप्रगति हासिल भएको अवस्थामा नियुक्ति पत्र रद्द गर्ने भन्ने विषय आफैंमा विधिसम्मत नहुने व्यहोरा समेत निवेदन गर्दछु ।'

पत्रमा उनले मन्त्रिपरिषद्को २०७८ साउन २५ गतेको निर्णयअनुसार साउन २७ गते आफूलाई मन्त्रालयले चार वर्षका लागि नियुक्ति पत्र दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077