Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कुलमानले ऊर्जा मन्त्रालयमा बुझाए नौबुँदे स्पष्टीकरणको जवाफ

कुलमानले ऊर्जा मन्त्रालयमा बुझाए नौबुँदे स्पष्टीकरणको जवाफ

आइतवार , पौष २८, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।

ऊर्जा मन्त्रालयले कार्यसम्पादनसम्बन्धी विवरण नबुझाएको, सरकारी निकायमा बसेर नोट अफ डिसेन्ट लेखेको लगायतका आरोप लगाउँदै किन नहटाउने भनी पुस २२ गते नौबुँदे स्पष्टीकरण सोधेको थियो ।

मन्त्रालयले सात दिनभित्र जवाफ दिन भनेको थियो । सोही अनुसार कुलमानले आइतबार जवाफ फर्काएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले कार्यसम्पादनमा उच्च अकं प्राप्त गरेको र ४ वर्षका लागि नियुक्त भएकाले सरकारले हटाउन नमिल्ने बताएका छन् । घिसिङले कार्यसम्पादन विवरण शुक्रबार बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077