Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

आजको मौसम : पहाडमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आजको मौसम : पहाडमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आइतवार , पौष २८, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सोही प्रभावका कारण आज आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ भने हिमाली भेगमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु लागेको छ।

आज दिनभर कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

पहाडी क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077