Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

दुम्किबासमा पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गमा लाग्यो जाम

दुम्किबासमा पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गमा लाग्यो जाम

शनिवार , पौष २७, २०८१

नवलपरासी । पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालन ठप्प भएको छ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको हो ।

सडक अवरूद्ध हुँदा त्यस क्षेत्रमा लामो जाम भएको छ भने यात्रुहरू अलपत्र परेका छन्। पुल भासिपछि डाइभर्सन बनाएर रोकिएका गाडीहरूलाई वारपार गराइएको छ।

डाइभर्सन बनेपछि बेलुकी ८ बजेदेखि सवारी साधन पास गराइएकामा ठूला सवारी साधनहरूले डाइभर्सन समेत भत्काएका थिए। बिहान रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको छ।

विनयी खोलामा बनेको २४६ मिटरको पुल पूर्णरूपमा क्षति पुगेको छ। कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको हो। ट्रक पुलको बीच भागमा नै फसेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077