Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पुल भाँचिएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा

पुल भाँचिएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा

शनिवार , पौष २७, २०८१

नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ ।

पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले जानकारी दिए ।

उनका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो ।

राजमार्गमा रोकिएका सबै गाडी वैकल्पिक मार्गबाट पठाउन सुरु भएको बनजराले जानकारी दिए । यो वैकल्पिक सडक करिब ७ किलोमिटर घुमाउरो छ ।

शुक्रवार साँझ विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिदा राजमार्ग अवरुद्ध भएको थियो । एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेवी ट्रक पुलबाट पास हुने क्रममा एक्कासि भाँचिएको थियो। उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077