Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पशुपति धर्मशाला विवाद : मारवाडी सेवा समितिको पक्षमा अदालतको आदेश

पशुपति धर्मशाला विवाद : मारवाडी सेवा समितिको पक्षमा अदालतको आदेश

शुक्रवार , पौष २६, २०८१

काठमाडौँ । उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीशहरू खडानन्द तिवारी, सूर्यप्रसाद पराजुलीको इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई उक्त व्यापार–व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न आज अन्तरिम आदेश गरेको हो।

‘यसमा माडवारी सेवा समिति नेपालविरूद्ध पशुपति क्षेत्र विकास कोषसमेत भएको ०८१–८०–०७४४ को रिट निवेदनमा यसै अदालतबाट निवेदकले पशुपति गौशाला धर्मशालामा गरिआएको काम कारबाही गर्नबाट निवेदकलाई नरोक्नु भनी मिति २०८१र०८र३० मा आदेश भएको र यस रिट निवेदनमा निवेदकहरूले माडबारी सेवा समितिसँग सम्झौता गरी भाडामा लिई व्यापार व्यवसाय गरी आएको भन्ने देखिँदा सुविधा सन्तुलनको हिसाबले प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यी निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्नू, नगराउनू,’ आदेशमा भनिएको छ।

एसिएन ट्राभल्स एण्ड टुर्स प्रालिले काठमाडौँ महानगरपालिकाविरूद्ध दायर गरेको रिट निवेदनमा उक्त आदेश गरेको हो। यसअघि अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपुर्‍याउन अन्तरिम आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077