Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो।

बुधबार प्रतितोला पाँच सय रूपैयाँ, बिहीबार प्रतितोला आठ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला आठ सय रूपैयाँ गरी यो तीन दिनमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077