Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपाल एयरलाइन्सलाई सुधार नगरी विश्राम लिन्न : पर्यटनमन्त्री पाण्डे

नेपाल एयरलाइन्सलाई सुधार नगरी विश्राम लिन्न : पर्यटनमन्त्री पाण्डे

बिहिवार , पौष २५, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन्।

सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले नेपाल एयरलाइन्सलाई सुधार नगरी विश्राम नलिने बताए।

पर्यटनमन्त्री पाण्डेले भने,‘हामी अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम लिन्नौँ । यो बैठक अन्तिम बैठक होइन की यो बैठकबाट हामी अघि बढेर नेपाल एयरलाइन्सलाई सुधारेरै छाड्छौँ भन्ने संकल्प समितिले पनि गर्नुपर्छ।’

समस्याको पहिचान गरेर सुधार गर्नु अपरिहार्य रहेको बताउँदै उनले क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077