Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तोलामा ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

तोलामा ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

बिहिवार , पौष २५, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।

अघिल्लो कारोबार दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला आठ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077