Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सेतीको ड्याममा खसेका धनगढीका पौडेल मृत भेटिए

सेतीको ड्याममा खसेका धनगढीका पौडेल मृत भेटिए

बिहिवार , पौष २५, २०८१

कास्की । सेती नदीको ड्यामबाट खसेका २१ वर्षीय युवा मृत अवस्थामा भेटिएका छन् ।

बुधबार साँझ पोखरा महानगरपालिका-१६ दिपहाउजिङ नजिकै रहेको सेतीको ड्याममा खसेर कैलालीको धनगढी घर भई पश्चिममाञ्चल ईन्जिनियरिङ कलेज लामाचौरमा अध्ययनरत पोखरा-१९ लामाचौरमा डेरा गरी बस्ने संगम पौडेलको मृत्यु भएको हो ।

ड्याम मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको थियो ।

४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077