Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सल्यानमा दिदी-बहिनी घरभित्रै मृत फेला

सल्यानमा दिदी-बहिनी घरभित्रै मृत फेला

बुधवार , पौष २४, २०८१

सल्यान । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा फेला परेका छन् ।

मृत भेटिनेमा बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालत भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घटना बुधबार बिहानको हो ।

उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पुर्णिमा राना घरमै भएपनि घटनाबारे अझै खुलि सकेको छैन् ।

स्वास्थ्यमा कुनै समस्या नरहेको उनीहरु मृत अवस्थामा फेला परेकोले घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077