Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

बुधवार , पौष २४, २०८१

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो ।

लामो समयसम्म पनि निर्माण सम्पन्न हुन नसकेको मूलपानी क्रिकेट मैदानको छिटो निर्माणसम्पन्न गर्नका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ कै नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनेगरी मूलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने घोषणा गरेको थियो ।

त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्तिलगायत आवश्यक पूर्वाधार तयार गरि खेलकुदका आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्ने गरि काम गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077