Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

परासीबाट चारपांग्रे सवारी चालक अनुमतिपत्र वितरण

परासीबाट चारपांग्रे सवारी चालक अनुमतिपत्र वितरण

बुधवार , पौष २४, २०८१

नवलपरासी । यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपांग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० वितरण गर्न सुरु गरेको छ ।

यहाँमा २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो ।

कार्यालयले यसअगाडि मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको थियो ।

सेवा थप भएसँगै चारपांग्रे सवारीसाधन (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, ई–रिक्सा र ट्याक्टर) को अनुमतिपत्रका लागि अनलाइन आवेदन माग गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077