Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

जंगलमा सडेको अवस्थामा महिलाको शव फेला

जंगलमा सडेको अवस्थामा महिलाको शव फेला

बुधवार , पौष २४, २०८१

डोटी । डोटीको जंगलमा एक महिलाको कंकाल फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार केआईसिंह गाउँपालिका-६ र ७ को सीमामा पर्ने जंगलमा महिलाको शव फेला परेको हो । सो शव सडेको अवस्थामा छ भने सनाखत हुन सकेको छैन ।

सडेर कंकाल मात्र बाँकी रहेको शव एक महिनाभन्दा पुरानो हुनसक्ने प्रहरीको अनुमान छ । घाँस दाउराका लागि जंगल जाने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

भेटिएको कंकाल मंगलबार बेलुका जिल्ला अस्पताल पु¥याइएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077