Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जगदुल्ला हाइड्रोपावरको टेण्डरमा उर्जामन्त्रीबाट कुनै निर्देशन आएको छैन : सीइओ सापकोटा

जगदुल्ला हाइड्रोपावरको टेण्डरमा उर्जामन्त्रीबाट कुनै निर्देशन आएको छैन : सीइओ सापकोटा

मंगलवार , पौष २३, २०८१

काठमाडौं । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले १०६ मेगावाट क्षमताको जगदुल्ला अर्थ जलाशययुक्त आयोजनाको ठेक्कामा कुनै पनि सेटिङ नभएको स्पष्ट पारेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले आज एक प्रेस विज्ञप्ति जारी गरी आयोजना निर्माण कार्यको बोलपत्र आह्वानको विषयमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई जोडेर प्रकाशित समाचारमा सत्यता नभएको बताएका हुन् ।

जलविद्युत आयोजना निर्माण प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ठेक्का आह्वान गर्नुपर्ने र उक्त स्तरको ठेक्का मूल्याङ्कन गर्नुपर्ने कार्य आँफैमा संवेदनशील विषय भएको बताउँदै उनले ठेक्का मूल्याङ्कन क्रममा सार्वजनिक खरीद ऐन, कम्पनीको खरीद विनियमावली र स्टाण्डर विडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको मूल्याङ्न गरिएको दावी गरेका छन् ।

कम्पनीको सञ्चालक समितिमा मन्त्री संलग्न हुने कुनै कानूनी व्यवस्था नभएको जनाउँदै प्रमुख कार्यकारी अधिकृत सापकोटाले कम्पनीले आह्वान गरेको ठेक्का प्रक्रियामा मन्त्रीले कुनै चासो नराखेको र कुनै पनि निर्देशन नदिएको बताएका छन् ।

यसअघि केही सञ्चारमाध्यमहरुमा झण्डै १६ अर्ब रुपैयाँ बराबरको ठेक्का लिनका लागि आवेदन दिएकामध्ये ४ कम्पनीलाई प्रतिस्पर्धा छाड्न ठेक्का मूल्यको एक/एक प्रतिशत रकमको चेक मन्त्री खड्काकै कार्यकक्षबाट बाँडिएको भन्दै समाचार प्रकाशित भएको थियो ।

जगदुल्ला हाइड्रोपावर कम्पनीले क्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्रदाताहरुको बोलपत्र प्राविधिक रुपमा असफल भएकाले ठेक्का रद्द गरिएको पनि जनाएको छ ।

यस्तो छ जगदुल्ला हाइड्रोपावर कम्पनीका सीइओ सापकोटाले जारी गरेको प्रेस विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077