Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

काठमाडौंमा भूकम्पको धक्का : घरको छतबाट हामफाल्दा एक जना घाइते

काठमाडौंमा भूकम्पको धक्का : घरको छतबाट हामफाल्दा एक जना घाइते

मंगलवार , पौष २३, २०८१

काठमाडौं । आज बिहान ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महसुस भएपछि एक जनाले घरको छतबाट हामफालेका छन् ।

काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका हुन्। भूकम्पको धक्का महसुस भएपछि ती पुरूष डेढ तले घरको छतबाट हामफालेका थिए।

प्रहरीका अनुसार स्युचाटार निवासी ती व्यक्ति घाइते छन् । उनको अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय भने सार्वजनिक गरेको छैन ।

चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो ।

भूकम्प आउँदा काठमाडौं उपत्यकालगायत ठाउँका मानिसहरू घरबाहिर निस्किएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077