Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ऊर्जा मन्त्रालयले कुलमानलाई सोध्यो सातदिने स्पष्टीकरण

ऊर्जा मन्त्रालयले कुलमानलाई सोध्यो सातदिने स्पष्टीकरण

सोमवार , पौष २२, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार नौबुँदे स्पष्टीकरण सोधेको हो । कार्यसम्पादनको हवाला दिँदै घिसिङलाई स्पष्टीकरण सोधिएको बताइएको छ ।

मन्त्रालयले मागेको विवरण पेस नगरेको, उपलब्ध गराएको विवरण गोलमटोल रहेको, मन्त्री दीपक खड्काले गठन गरेको समितिलाई तलब, भत्तालगायतका सुविधाको प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ जनाएकोलगायत कारण देखाएर स्पष्टीकरण सोधिएको हो ।

सचिव सुरेश आचार्यले कार्यासम्पादन नगरेको जनाउँदै स्पष्टीकरणको पत्र पठाएको बताइएको छ । सातदिने स्पष्टीकरणमा चित्त नबुझे कानुनबमोजिम थप प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077