Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सात जिल्लाका सिडिओ फेरिए, काठमाडौंमा तिवारी [सूचीसहित]

सात जिल्लाका सिडिओ फेरिए, काठमाडौंमा तिवारी [सूचीसहित]

सोमवार , पौष २२, २०८१

काठमाडौं । गृह मन्त्रालयले सातवटा जिल्लाका सिडिओ हेरफेर गरेको छ ।

सोमबारको निर्णय अनुसार १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको हो । जसमा काठमाडौंसहित सातवटा जिल्लाका सिडिओ पनि फेरिएका छन् ।

काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै धर्मेन्द्र मिश्रलाई सुनसरी र गोगनबहादुर हमाललाई कैलालीको जिम्मेवारी दिइएको छ ।

यसैगरी तुलसी बहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादब मोरङ, गोपाल कुमार अधिकारी झापा र शावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077