काठमाडौं । अनलाइन नेपालमा प्रकाशित समाचारप्रति इलाका प्रहरी कार्यालय गोरुसिङ्गे, कपिलवस्तुमा कार्यरत प्रहरी निरीक्षक वीरबहादुर सुनारले असहमति जनाउँदै खण्डन गरेका छन् ।
२०८१ पुस ५ गते शुक्रबार का दिन अनलाईन नेपालमा ‘तस्करीमा संलग्न गोरुसिङ्गेका इन्सपेक्टर डीआईजीबाट पुरस्कृत’ शिर्षकमा प्रकाशित समाचारमा इन्सपेक्टर सुनारले असहमति जनाएका हुन् ।
सुनारले प्रेस काउन्सिल नेपाल मार्फत अनलाइन नेपाललाई पठाएको खण्डनमा भनिएको छ–‘मेरो चरित्र हत्या तथा सिंगो प्रहरी संगठनलाई नै बदनाम गर्ने गरी गलत तथा समाजमा भ्रम फैलाउने र कुनै अमुख मान्छेले प्रतिषोध सांध्ने मनसायले दिएको नकारात्मक सूचनालाई सत्यतथ्य नै नबुझी हचुवाको भरमा सम्प्रेषण गरेको पाईएकोले यसमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’
सुनारले समाचारहरुमा उल्लेख भएका सम्पूर्ण कुराहरु झुट्टा एवं कपोलकल्पित र भ्रमात्मक हुन् भन्ने कुराको ब्यहोरा तीनवटा बुँदामा उल्लेख गरेका छन् ।
यस्तो छ सुनारले अनलाइन नेपाललाई पठाएको खण्डन पत्र
Leave a Reply