Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता

काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता

सोमवार , पौष २२, २०८१

पोखरा । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं डाइभर्ट भएएको छ।

विमानमा प्राविधिक समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं डाइभर्ट गरिएको हो।

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।

त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077