Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रविलाई छुटाउन आज कास्की अदालतमा बहस गर्दै सोविता गौतम

रविलाई छुटाउन आज कास्की अदालतमा बहस गर्दै सोविता गौतम

सोमवार , पौष २२, २०८१

कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको पक्षबाट आज सोविता गौतम लगायतका अधिवक्ताले बहस गर्दैछन् ।

कास्की जिल्ला अदालतमा सोमबार पूर्व गृहमन्त्रीसमेत रहेका रविलाई छुटाउन वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता गौतमले बहस गर्न लागेका हुन् ।

सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ ।

न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । यसमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने पाँचजनाको बाँकी छ ।

उनीहरूले बहस गर्न चाहेमा लामिछानेका तर्फबाट त्यसपछि मात्रै बहस शुरु हुने जिल्ला अदालतल कास्कीले जनाएको छ ।

लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077