Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो

आइतवार , पौष २१, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा कायम भएको हो। सामान्य अंकले बढेको बजारमा तीनवटा कम्पनीको सेयर १० प्रतिशतले बढ्यो।

यसदिन नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि केही बढेको छ। गत कारोबार दिन अर्थात् बिहीबार चार अर्ब ६० करोडको सेयर कारोबार भएकोमा आइतबार चार अर्ब ८६ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २६ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३२७ वटा धितोपत्रको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर किनबेच भएको हो।

आइतबार १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077