Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

खराब मौसमका कारण हवाई उडान प्रभावित

खराब मौसमका कारण हवाई उडान प्रभावित

आइतवार , पौष २१, २०८१

काठमाडौं । प्रतिकूल मौसमका कारण देशको हवाई उडान सामान्य प्रभावित भएका छन्।

आइतबार प्रतिकुल मौसमका कारण नेपालका धेरैजसो विमानस्थलमा उडान प्रभावित बनेको हो ।

त्रिभुवन विमानस्थलमा भने उडान सामान्य रहेको छ । आज बिहान भद्रपुर, भरतपुर र पोखराबाहेकका विमानस्थलमा उडान हुन सकेन।

तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगन्जमा १० बजेपछि हुस्सु खुल्न थालेको छ ।

तराई र पहाडी भेगमा बाक्लो सुस्सुका कारण उडान प्रभावित हुने गरेका छन् ।

सोहीकारण आज बिहानका अधिकांश आन्तरिक उडान डिले भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077