Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एकैदिन तोलामा १५ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

एकैदिन तोलामा १५ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077