Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

शनिवार , पौष २०, २०८१

गोरखा । गोरखामा आगलागीले तीनवटा घर जलेर नष्ट भएका छन् ।

जिल्लाको आरुघाट गाउँपालिका–१ मान्वुस्थित स्याम्चेतमा स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतसिङ लामाको घर जलेर नष्ट भएका हुन् ।

शनिबार साँझ खाना बनाउन आगो बाल्दा नजिकै राखेको मकैको खोस्टाबाट आगो सल्किएर घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077