Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आजको मौसम : तराई र उपत्यकामा हुस्सु, हिमाली भेगमा हिमपातको सम्भावना

आजको मौसम : तराई र उपत्यकामा हुस्सु, हिमाली भेगमा हिमपातको सम्भावना

शनिवार , पौष २०, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसको प्रभावले अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, आज राति उच्च हिमाली भेगमा हिउ पर्नेछ भने पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077