Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तीनजना सवार मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

तीनजना सवार मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

शुक्रवार , पौष १९, २०८१

विराटनगर । विराटनगरमा शुक्रबार साँझ ट्रक र मोटरसाइकल एकाआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

कोइला लोड गरिएको भारतीय ट्रक (जेएच १५ जे ७१०३) र प्रदेश नम्बर १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल विराटनगर–१४, आईसीपी रोडमा एक आपसमा ठोक्किएका थिए ।

मोरङ प्रहरीका अनुसार मोटरसाइकल चालक विराटनगर–१५ का १६ वर्षीय सुरज ठाकुरलाई उपचारका लागि कोशी अस्पतालमा लगिएकोमा मृत्यु भएको हो ।

घाइतेमध्ये १६ वर्षीय आदित्य साह र १८ वर्षीय विकासकुमार यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि कोइला बोकेको ट्रक सडक किनारमा पल्टिएको थियो । ट्रक चालक फरार छन् । उनको प्रहरीले खोजी कार्य थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077