काठमाडौं । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उनीहरुलाई कार्यक्षमताको मूल्याङ्कनबाट सहसचिवमा बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिस हुनेमा सहसचिवमा प्रेमप्रसाद लुइटेल पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् । त्यसपछि क्रमशः रामदत्त पाण्डेय, लक्ष्मण ढकाल, बिनिता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदिश्वर उपाध्याय लगायतका व्यक्तिहरु रहेका छन् ।
यसैगरी प्रशासन सेवाका ३९, लेखाका ११ र राजश्वका ७ गरी जम्मा ५७ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
यो बढुवा सिफारिसमा चित्त नबुझाकाहरुले सूचना प्रकाशित भएको आजको मितिदेखि ३५ दिनभित्र लोक सेवा आयोगको कार्यालयमा उजुरी दिन सक्ने छन् ।
Leave a Reply