Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • बझाङमा आधा घण्टाको फरकमा दुई जिप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

    बझाङमा आधा घण्टाको फरकमा दुई जिप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ पुष २०८१
  • 123
    SHARES

    फाइल तस्विर

    बझाङ । बझाङमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

    विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीकी छोरी पाँच वर्षीया आकृतीको मृत्यु भएको छ ।



    चालक सहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

    बिहीबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

    यस्तै विहीबार राति नै करिब नौ बजेतिर सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जिप बझाङको कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जिप चालक धर्म थापाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार